समाचारबुधबार, बैशाख ४, २०७०
बोस्टन ब्लास्टमा प्रेशर कुकर बम, अझै सुराक फेला पारेन
प्रेशर कुकरभित्र विष्फोटक पदार्थ, बल बेरिङ र किला भरेर ठूलो विष्फोट गराइएको जाँचमा संलग्न सुरक्षा अधिकारीहरुले बताए पनि उनीहरुलाई अहिलेसम्म विष्फोट कसले गरायो भन्ने कुनै सुराक मिलेको छैन ।
उक्त प्रेशर कुकर बम राखिएको झोला र प्रेशर कुकरका टुक्राको तस्बीर एफबीआइले जारी गरेको छ । घटनास्थलबाट ६ लिटरको प्रेशर कुकरका टुक्रा र एउटा सर्किट बोर्ड पनि बरामद भएको छ ।
अमेरिकी होमल्याण्ड सेक्युरिटीले प्रहरीलाई कहीं पनि बेवारिसे प्रेशर कुकर देखिएमा त्यसलाई संदिग्ध बस्तु मानेर जाँच गर्न निर्देश दिएके छ । २०१० मा टाइम्स स्क्वायरमा भएको विष्फोटको असफल प्रयासमा पनि ३ वटा प्रेशर कुकर बम राखिएका थिए । समय छँदै अमेरिकी प्रहरीले ति बमहरु निष्क्रिय पार्न सकेको थियो ।
बोस्टन ब्लाष्टमा तीन कक्षामा पढने बालक मार्टिन रिचर्डको समेत ज्यान गएको छ । बालक त्यसबेला आफ्ना बाबुको प्रतिक्षामा थिए । मार्टिनकी आमा र ६ वर्षीया बहिनी घाइते भएका छन् ।
बम विष्फोट पछि मंगलबार साँझ ठूलो संख्यामा मानिसहरु सडकमा आएर मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
यसैबीच भारतको बैंगलुरुमा पनि ब्लास्ट भएको छ । यद्दपी उक्त विष्फोट कारको ग्याँस सिलिण्डर पड्केर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विष्फोटबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
एजेन्सीहरु


