समाचारबुधबार, बैशाख ४, २०७०
यथास्थितिमा वार्ता हुन्नः गजुरेल
रिपोर्टर्स क्लब नेपालले ४ बैशाखमा आयोजना गरेको साक्षात्कारमा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले वार्ताका लागि मिडियामा प्रचार भए पनि अहिलेसम्म आधिकारीक पत्र नपाएको भन्दै सार्थक र सौहार्द्रपूर्ण वातावरण बनेमा मात्र सरकारसँग वार्ता हुने बताएका छन् ।
उपाध्यक्ष गजुरेलले प्रमुख चार दलबीच भएको सहमति खारेज नभएको स्थितिमा आगामी मंसीरमा पनि निर्वाचन नहुने र भए पनि त्यस्तो निर्वाचनमा आफ्नो पार्टीले भाग पनि नलिने बताए ।
उनले हालैको केन्द्रीय समिति बैठकले पार्टीको तल्लो पंक्तिदेखि केन्द्रीयतहसम्मलाई समेटेर केन्द्रीय समिति विस्तार गरिएको भन्दै चाँडै केन्द्रीय समितिको बैठक बसेर पार्टीका आगामी कार्यक्रम घोषणा गरिने जानकारी दिएका थिए ।
