समाचारबुधबार, बैशाख ४, २०७०
विद्युतीय शवदाह गृह निर्माण अन्तिम चरणमा
कोषले करिब दुई साताअघि रु दुई करोड ५९ लाख मूल्यको दुईवटा फर्निस (चिता) सहितको विद्युतीय शवदाह यन्त्र ल्याइसकेको छ ।
करिब पाँच वर्षअघि ग्लोबल टेण्डरमार्फत भारतको कोलकातास्थित इन्डोमेण्ट इन्जिनियरीङ सर्भिसले सो भवन निर्माण तथा यन्त्र जडानको जिम्वेवारी पाई गत सालदेखि शवदाह गृह निर्माण शुरु गरेको थियो ।
आर्यघाटको दक्षिणतर्फ करिब ६ हजार वर्गमिटरको क्षेत्रफलमा सो शवदाह गृहको निर्माण सम्पन्न भएको छ ।
कोषका सदस्य सचिव सुशील नाहटाले असार मसान्तसम्ममा यन्त्र जडान भइसक्ने र केही दिन परीक्षणका रुपमा सञ्चालन गरी कोषलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको बताए ।
शवदाह गृह तथा अन्य भौतिक पूर्वाधार र वातावरण संरक्षणका उपकरण जडान सम्पन्न गर्दा करिब रु १४ करोड खर्च लाग्ने जानकारी दिँदै सो सञ्चालनमा आएपछि शवदाह कार्य सहज हुने जानकारी दिए ।
विद्युतीय शवदाह गृहमा शव जलाउँदा कम समय लाग्ने, प्रदुषण नहुने र काठको बचत हुनेछ । शवदाह गृहमा हिन्दु परम्परा अनुसार अस्तु निकाल्ने काम पनि हुनेछ ।
