समाचारबुधबार, बैशाख ४, २०७०
चुनाव मंसिरभित्रै गर्ने सहमति होः रेग्मी
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ४ वैशाखमा आफूसँगको भेटमा रेग्मीले यस्तो धारणा राखेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले सञ्चारकर्मीहरूलाई जानकारी दिएका हुन् । ‘असारमा चुनाव गर्ने मिति किन घोषणा गर्नु भएन ?’ भन्ने आफ्नो जिज्ञासामा अध्यक्ष रेग्मीले त्यस्तो जवाफ दिएको थापाले बताए ।
अध्यक्ष थापाले चार दलको संयन्त्रको प्रभाव रहेसम्म सरकारले स्वच्छ र पारदर्शी निर्वाचन गराउन नसक्ने दाबी गरे । संविधानसभालाई सबै वर्ग र समुदायको प्रतिनिधित्व गराउन ६० प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्नेमा थापाको जोड थियो ।
