समाचारबिहीबार, बैशाख ५, २०७०
नहरको ढिस्कोले पुरिएर दुईको मृत्यु
नहर खन्दै गर्दा दस फिट माटोको ढिस्को खसेर सुर्खेत घर भई हाल बाह्रघरे बस्दै आएका जोना घिमिरे(२०) र नुहरमिया अन्सारी(१८) पुरिएका थिए ।
४ चैत अपराह्न घटना भएलगत्तै प्रहरीको टोलीले ढिस्को खनेर उनीहरूलाई निकालेका थिए । उनीहरूको उपचारका क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
