समाचारबिहीबार, बैशाख ५, २०७०
मुशर्रफलाई गिरफ्तार गर्न आदेश
लामो समयको विदेश वसाईपछि निर्वाचनका लागि पाकिस्तान फर्केका सैनिक शासक मुशर्रफलाई इस्लामावादको ‘सुप्रिम कोर्ट’ ले न्यायाधीशहरुलाई गैर कानूनी तरिकाले हिरासतमा राखेको मुद्दाको सुनुवाई गर्दै पक्राउ आदेश जारी गरेको हो । न्यायालयले मुशर्रफको जमानतको अपील पनि खारेज गरेको छ ।
पक्राउ आदेश जारी हुँदा मुशर्रफ अदालतमै रहेको र त्यसपछि उनी आफ्ना सुरक्षाकर्मीहरुसँगै अदालतबाट बाहिरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जनरल मुशर्रफले आफ्नो शासन कालका बेला संकटकाल लागू गरेको र सन् २००७ मा बरिष्ठ न्यायाधीशहरुलाई हिरासतमा लिएको र बर्खास्त गरेको बारेमा न्यायालयमा मुद्दा चलिरहेको छ ।
सन् २००८ मा सत्ताबाट हटेपछि मुशर्रफ विदेशमा बस्दै आएका थिए । आगमी मे महिनामा हुने निर्वाचनमा भाग लिन उनी स्वदेश फर्केका हुन् । यद्दपी उनले चार स्थानबाट दिएको उम्मेदवारी समेत रद्द भइसकेको छ ।
