समाचारबिहीबार, बैशाख ५, २०७०
विवाह नभएपछि सडक अवरुद्ध
रत्ननगर ३ वेल्सी निवासी सुजन खनालले रत्ननगर ८ पसौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत ३० फागुनमा भव्यरुपमा टिकाटालो गरी ११ वैशाखमा विवाह गर्ने निधो गरेका थिए । तर अहिले विना कारण केटा फरार रहेको र फोनमा आफ्नो सुर गर भनेर केटाले केटीलाई धम्कीसमेत दिने गरेको केटीका काका रामबाबु ढकालले बताएका छन् ।
रेडियो अर्पण चितवनका अनुसार आक्रोशित पीडित केटी पक्ष तथा स्थानीयबासिन्दा समेतले केटालाई झिकाउनु पर्ने माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत रत्ननगर १ वकुल्लहरमा सडकसमेत अवरुद्ध गरेका छन् ।
सडक अवरुद्ध गर्नु अघि उनीहरुले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय रत्ननगर घेराउ पनि गरेका थिए ।
