समाचारबिहीबार, बैशाख ५, २०७०

निर्वाचनको मिति घोषणा गरः राप्रपा नेपाल

हिमालखबर

नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि निर्वाचनको मिति घोषणा नभएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ बैशाखमा राष्ट्रपति रामवरण यादवलाई भेटेर छिटो मिति घोषणाका लागि सरकार र निर्वाचन आयोगलाई दबाब दिन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले वर्तमान सरकार चार दलको निर्देशन अनुसार चलेकाले स्वच्छ र निष्पक्ष निर्वाचन हुने कुरामा शंका रहेको भन्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने वातावरणका लागि पहल गर्न पनि राष्ट्रपतिलाई आग्रह गरे ।

भेटपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अध्यक्ष थापाले निर्वाचन निष्पक्ष हुनेमा आशंका भएकाले राष्ट्रपतिको ध्यानाकर्षण गराएको जानकारी दिए ।

जवाफमा राष्ट्रपति डाकटर यादवले सबै दललाई सहभागी गराई निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन पहल गर्ने बताएको पनि थापाले जानकारी दिए ।

राप्रपा नेपालले तत्काल निर्वाचनको मिति घोषणा, चार दलीय संयन्त्र खारेजी र संविधानसभाको निर्वाचनस“गै स्थानीय निकायको निर्वाचनको समेत माग गरेको छ ।

यसअघि थापाले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाइ भेटेर पनि चाँडै निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>