समाचारबिहीबार, बैशाख ५, २०७०

मन्त्रिपरिषद निर्णय- नागरिकता वितरण निर्देशिका पारित

हिमालखबर

गृहमन्त्रालयले बैशाखे दोस्रो हप्तादेखि सबै जिल्लामा ५६१ वटा टोलीमार्फत नागरिकता प्रमाणपत्र वितरण कार्य अभियानको रूपमा शुरु गर्ने भएको छ भने ३०५ घुम्ती सेवा केन्द्रमार्फत पनि नागरिकता प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

मन्त्रिपरिषद्को ५ बैशाखमा सम्पन्न बैठकले नागरिकता प्रमाणपत्र वितरणसम्बन्धी कार्य सञ्चालन निर्देशिका पारित गरेको सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल ट्रस्टको स्वामित्वमा रहेको सम्पत्तिमध्ये रु तीन करोड २५ लाख रकम ट्रस्टको संरक्षणका लागि खर्च गर्न स्वीकृति दिने र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सरकारको एक प्रतिशत सेयरको रकम रु ७८ करोड ७० लाखको लाभांश सोही बैंकको साधारण सेयरमा राख्ने निर्णय पनि गरेको प्रवक्ता पौडेलले बताए ।

मन्त्रिपरिषद बैठकले गरिबी निवारण कोषको दोस्रो आयोजनाका लागि विश्व बंैकले प्रदान गर्न लागेको आठ करोड अमेरिकी डलरका लागि वार्ता टोली गठन गर्न र तनहुँ जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंकले प्रदान गर्न लागेको रु १३ अर्बको ऋण सहयोगमा हस्ताक्षर गर्न अर्थमन्त्रालयका सचिव वा सहसचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले द्वन्द्व प्रभावितको लगत सङ्कलन गर्ने समयावधि आगामी असार मसान्तसम्म थप गर्ने र स्वास्थ्य सेवाका दशौं तहका एकजनालाई ११ औं तहमा बढुवा गर्ने पनि निर्णय गरेको पौडेलले जानकारी दिए ।

सेना समायोजन विशेष समितिअन्तर्गतको समितिका संयोजक बालानन्द शर्मालाई सेना समायोजनका क्रममा देखिने समस्याबारे दल र सरकारबीच समन्वय गर्न समन्वयकर्ताको जिम्मेवारी दिइएको पनि प्रवक्ता पौडेलले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>