समाचारशुक्रबार, बैशाख ६, २०७०

अमेरिकामा कलेजमा गोली प्रहार, एकको मृत्यु

हिमालखबर

एमआइटी घटनाको अनुसन्धानमा प्रहरी

अमेरिकाको क्यम्ब्रिजस्थित म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलजी (एमआइटी) मा भएको गोली प्रहारबाट एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

एमआइटीमा गोली चलेको खबर पाएपछि पुगेका प्रहरीमाथि गोली प्रहार भएको अमेरिकी प्रहरीले बताएको छ । गोली हान्ने ब्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी वाटरटाउनमा पनि गोली चलेको खबर प्राप्त भए पनि कोही हताहत भएको खबर आएको छैन । प्रहरीका अनुसार वाटर टाउनमा फायरिंगका साथै विष्फोटको पनि आवज सुनिएको थियो ।

प्रहरीले यस घटनमा संलग्न रहेको आशंकामा एक जना ब्यक्तिलाई पक्राउ पनि गरेको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>