थप समाचारशुक्रबार, बैशाख ६, २०७०

चुनावी तालमेल असम्भवः पौडेल

हिमालखबर

रिपोटर्स क्लब तनहुँले दमौलीमा ६ बैशाखमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि नै संकट आएकाले लोकतन्त्र जोगाउने बिषयमा साझा धारणा बनाउन सकिने भए पनि चुनावमा साझा उम्मेदवार बनाउने सम्भावना नरहेको बताएका छन् ।

उनले एमाओवादी र मधेशी मोर्चाले गर्ने भनेको चुनावी तालमेल पनि असम्भव रहेको दाबी गरे । “माओवादी र मधेशी दलबीच कुरा मिल्दैन,” पौडेलले भने, “उनीहरुबिच चुनावी एकता हुने कुरा पत्याउन सकिन्न ।”

साक्षात्कारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणबारे टिप्पणी गर्दै नेता पौडेलले यो दाहालको निजी भ्रमण भएको र त्यसले राष्ट्रिय महत्व नराख्ने बताए ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>