समाचारशुक्रबार, बैशाख ६, २०७०

आशनग्रहण पीडित माधव नेपाल

हिमालखबर

नेपालमा आयोजना हुने कार्यक्रमहरुमा मञ्चमा आशनग्रहणका लागि धेरै व्यक्तिलाई बोलाउने गरेको र कार्यक्रम चलिरहँदा ढिलो गरी आउने अतिथिहरुलाई ‘भर्खरै आएका फलाना’ भन्दै आसनग्रहण गराउने प्रबृत्ति रहेको नेता नेपालले बताए ।

६ बैशाखमा काठमाडौंमा नेता नेपाल उपस्थित कार्यक्रममा पनि त्यस्तै भएपछि उनले ढिलो गरी आउने अतिथिहरुलाई आसनग्रहण गराउन लाग्दा कार्यक्रम झन्झटिलो हुने र मूल विषयमा छलफल गर्न नपाइने भन्दै यस्तो प्रबृत्ति सुधार्न सुझाव पनि दिए ।

“जतिबेला आयो त्यतिबेला लाम लगाएर आशनग्रहण नगराउनोस,” नेपालले भने, “त्यसो गर्दा बानी परेकाहरु सधैं ढिला आउँछन् ।”  उनले आसन ग्रहण गराउनै पर्ने भए सबै अतिथिको नाम एकै पटक पढेर ‘जो जहाँ हुनुहुन्छ त्यहीं आसन ग्रहणगर्नुहोस,’ भन्दै काम छरितो गर्ने उपाय पनि सुझाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>