समाचारशुक्रबार, बैशाख ६, २०७०

विहे नगर्दा पाँच लाख जरिवाना

हिमालखबर

३० फागुनमा चितवन रत्ननगर–३ बेल्सीका सुजन खनाल र रत्ननगर–८ पसौनीकी एक युवतीबीच भब्यरुपमा टिकोटालो भएको थियो । तर, पछि केटाले फोन गरेर आफ्नी प्रेमिका भएकोले विवाह गर्न नसक्ने बताएपछि ६ बैशाखमा क्षतिपूर्तिस्वरुप पाँच लाख रुपैयाँ केटी पक्षलाई तिरेका छन् ।

केटाले विवाह नगर्ने बताएर सम्पर्क बिहिन भएपछि केटी पक्षले ५ बैशाखमा प्रहरी कार्यालय घेराउ गर्नुका साथै राजमार्ग समेत अवरुद्ध पारेका थिए ।

केटीपक्षको दबावपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्ष बिहे नगर्ने तर, केटा पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सहमति भएको हो ।

केटा पक्षले भविष्यमा केटी पक्षसँग मित्रवत व्यवहार गर्ने र गल्तीप्रति केटाले केटी सामु माफी माग्ने समेत सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>