समाचारशुक्रबार, बैशाख ६, २०७०
राजधानीमा महिलामाथि गोली प्रहार
प्रहरीका अनुसार ६ बैशाख साँझ अबेर अपरिचित व्यक्तिको गोली प्रहारबाट खोटाङ स्थायी घर भई हाल काँडाघारी बस्ने ३२ वर्षीया रमा भट्टराई घाइते भएकी हुन् ।
घाइते भट्टराईको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी सहायक निरीक्षक प्रवेशीराम चौधरीले जानकारी दिए ।
