समाचारशनिबार, बैशाख ७, २०७०
रेग्मीले भने, ‘राष्ट्रपतिज्यूले पहल गरिदिनु पर्यो’
७ बैशाख विहान राष्ट्रपति यादवलाई भेट्न शीतल निवास पुगेका अध्यक्ष रेग्मीले सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनका लागि आफूले प्रयास गरिरहेको भन्दै राष्ट्रपतिले थप पहल गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच भएको करिब एक घण्टा लामो भेटवार्तामा रेग्मीले चुनावका लागि सरकारले गरिरहेको प्रयास र अहिलेसम्म भएका कामहरुका बारेमा जानकारी गराएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताए ।
रेग्मीको प्रयास संतोषजनक रहेको र सबै दलहरुलाई चुनावी प्रक्रियामा सहभागी गराउनका लागि आफूले पनि सहयोग गर्ने राष्ट्रपति यादवले रेग्मीलाई आश्वासन दिएको शीतलनिवास स्रोतले जनाएको छ ।
