समाचारशनिबार, बैशाख ७, २०७०

३२ दलद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

हिमालखबर

७ बैशाखमा नेकपा-माओवादीको कार्यालय बुद्धनगरमा बसेको ३२ दलको बैठकले वर्तमान सरकार गठनका लागि भएको चार दलीय सहमति खारेजीको माग गर्दै २५ बैशाखसम्मका लागि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

बैठकले नागरिकता वितरण र मतदाता नामावली संकलन तत्काल रोक्न पनि माग गरेको माओवादी नेता हरिभक्त कंडेलले बताए ।

त्यसैगरी आन्दोलनमा सहकार्यका लागि अन्य दलहरुसँग वार्ता गर्न वार्ता टोली समेत गठन गरिएको कंडेलले जानकारी दिए ।

यसअघि पनि नेकपा-माओवादीलगायतका दलहरुले वर्तमान सरकार गठनको प्रक्रियाप्रति नै असहमति जनाउँदै दुइ पटक नेपाल बन्दको गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>