समाचारशनिबार, बैशाख ७, २०७०

असन्तुष्ट पक्षलाई समेट्नु पर्छः नेता नेपाल

रासस

नेपाल बुद्धिजीवी परिषद् भक्तपुरले ७ बैशाखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले निर्वाचनमा जानुअघि असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउनु आवश्यक रहेको बताएका छन् ।

एमालेले विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर निर्वाचनमा जानसक्ने बताउँदै नेपालले एमाओवादीभित्र असन्तुष्ट रहेका व्यक्तिहरुलाई एमालेले आफ्नो पार्टीमा ल्याउन पहल गर्नुपर्ने बताए ।

एमालेलाई ढुलमुले पार्टी भनी अनावश्यक आरोप लगाइने भन्दै नेपालले थपे, “एमाले ढुलमुले नभई बहुदलीय जनवादको विचारमा अडिग पार्टी हो, यही विचारले आगामी सविधानसभामा एमालेलाई पहिलो पार्टी बनाउँछ ।”

एमालेका नेताहरु एमाओवादीसँग निकट हुँदा एमालेलाई नै घाटा हुने भएकाले यसतर्फएमालेका नेताहरु सचेत हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>