समाचारशनिबार, बैशाख ७, २०७०

सरकार र आन्दोलनरत मोर्चाबीच भोलि वार्ता हुने

हिमालखबर

मधेसी जनअधिकार फोरम नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग सरकारले ७ बैशाखमा गर्ने भनिएको वार्ता स्थगित भएपछि सरकारले भोलि मात्रै वार्ता गर्नेछ ।

मोर्चाको आग्रहमा वार्ता ८ बैशाखका लागि सारिएकोे सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । वार्ता बिहान ११ बजे बबरमहलस्थित शान्ति सचिवालयमा हुनेछ ।

सरकारले नेकपा–माओवादी, फोरम नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई वार्तामा बोलाएको थियो । नेकपा माओवादीले वार्ता अस्वीकार गरेको छ भने संघीय समाजवादीसँगको वार्ता बारे टुङ्गो नलागेको पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>