समाचारआइतबार, बैशाख ८, २०७०
सरकार र मोर्चाबीचको वार्ता जारी
वर्तमान सरकारको गठन प्रक्रिया र निर्वाचनप्रति असहमति जनाउँदै आएको मोर्चाले उठाइरहेका माग र चुनावमा गर्ने सहयोगका विषयमा शान्ति कोषको सचिवालयमा वार्ता भइरहेको छ ।
वार्तामा सरकारले मोर्चाले उठाएका मागका विषयमा आफ्नो धारणा राख्नेछ । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले सरकारले पूरा गर्न सक्ने माग सरकारले पूरा गर्ने र गर्न नसक्ने माग राजनीतिक समितिमार्फत हल गर्ने उपाय खोज्ने बताएका छन् ।
सरकारले नेकपा–माओवादी, फोरम नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई वार्तामा बोलाएको थियो । संघीय समाजवादीसँगको वार्ता बारे टुङ्गो लागेको छैन भने नेकपा माओवादीले सरकारसँगको वार्तामा नबस्ने बताइसकेको छ ।
