समाचारआइतबार, बैशाख ८, २०७०
मतदाता नामावली संकलन पुन: शुरु
१९ चैतबाट स्थगन गरिएको मतदाता नामावली संकलन नागरिकता वितरणसँगै ८ बैशाखबाट शुरु भएको छ ।
बिहान १० बजेबाट विभिन्न जिल्लामा सुरक्षाकर्मीको टोलीसहित अभियान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । गृहमन्त्रालयको समन्वय र सुरक्षामा नागरिकता वितरणसँगै मतदाता नामावली संकलन भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले गृहमन्त्रालयको समन्वयमा मतदाता नामावली संकलन शुरु भएको जानकारी दिए ।
नागरिकता नभएका करिब १० लाख मतदाता छुटेको र मतदाता संकलन गर्न ३० लाख भन्दा बढी मतदाता बाँकी रहेको आयोगले जनाएको छ ।
आयुक्त गुरुङले १ करोड १३ लाख मतदाता दर्ता भइसकेको भन्दै १ करोड ५४ लाखसम्म पुग्ने आयोगको अनुमान रहेको बताउनुभयो ।
आयोगले मतदाता नामावली संकलनमा अवरोध नगर्न पनि आग्रह गरेको छ ।
