समाचारआइतबार, बैशाख ८, २०७०
चीनमा भुईचालोबाट मर्नेको संख्या २ सय नाघ्यो
७ बैशाख विहान सिचुआन प्रान्तको चेंग्दु लुशानलाई केन्द्रबिन्दु पारेर आएको भुकम्पबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ भने करिब ११ हजार ५ सय घाइते भएका छन् ।
अझै केही हराइरहेको र घाइतेको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या थपिन सक्ने चिनियाँ समाचार सस्थाहरुले बताएका छन् । घाइते भध्ये ९ सय ६० जनाको अवस्था चिन्ताजनक रहेको चिनियाँ समाचार सस्था सिन्ह्वालाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
भूकम्पमा परेकाहरुको उद्धारका लागि करिब दुई हजार सैनिक, उद्धारकर्मी तथा प्रहरी गरी ६ हजार भन्दा बढी खटिएका छन् । भुकम्पले गर्दा सडक अवरुद्ध भएको छ भने विजुली, पानी र टेलिफोन सेवा पनि बन्द भएको सिन्ह्वाले जनाएको छ ।
सडक र टेलिफोन अवरुद्ध हुँदा उद्दारमा पनि समस्या आएको छ । अझै पनि भत्केका घरहरुभित्र मान्छेहरु हुन सक्ने अनुमान गरिएको छ ।
चीनको सिचुआनमा सन २००८ मा ८ रेक्टर स्केलको भूकम्प जाँदा करिब ९० हजार जनाको मृत्यु भएको थियो ।
