समाचारआइतबार, बैशाख ८, २०७०

विरामी छोरा भेट्न गएका पूर्व राजा स्वदेश फिर्ता

हिमालखबर

हृदयघात भई अस्पताल भर्ना भएका छोरा पारस शाहलाई भेट्न थाइल्याण्ड गएका पूर्व राजा ज्ञानेन्द्र शाह डेढ महिनापछि स–परिवार ८ बैशाखमा स्वदेश फर्केका छन् । पूर्व राजा सँगै उनकी पत्नी कोमल शाह, बुहारी हिमानी शाह र नातिनी पूर्णिका पनि नेपाल फर्केका छन् ।

८ फागुनमा हृदयघात भएपछि पूर्व युवराज पारस शाहलाई थाइल्याण्डको राजधानी ब्यांककस्थित समितिवेज अस्पतालमा लामो समय उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज गरिएपछि अहिले पारस शाह थाइल्याण्डकै चियाङमाइस्थित पुनस्र्थपना केन्द्रमा उपचाररत छन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले पारसको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि उनको मुटु अँझै कमजोर रहेकाले पुनस्र्थापना केन्द्रमा राखेर उपचार गराउनु परेको बताए ।

“तपाई सबैले पारसप्रति देखाउनु भएको सदभाव र प्रार्थनाले नै उसको स्वास्थ्यमा सुधार आएको हो, अझै प्रार्थना गरिदिनुहोस, छोरो अझै राम्रो होस,” ज्ञानेन्द्रले भने ।

पूर्णरुपमा स्वस्थ्य भइसकेपछि पारस पनि नेपाल फर्कने ज्ञानेन्द्र शाहले बताए । पूर्व राजालाई विमानस्थलमा उनका समर्थकहरुले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>