समाचारआइतबार, बैशाख ८, २०७०

एमाओवादी निर्वाचन चाहँदैनः महत

हिमालखबर

नेपाल प्रेस युनियन कास्कीले ८ बैशाखमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता महतले एमाओवादीकै प्रस्तावमा गठन भएको खिलराज रेग्मी सरकारविरुद्ध उसका अभिव्यक्ति आउनुले एमाओवादी निर्वाचन चाहँदैन भन्ने प्रष्ट भएको दाबी गरेका छन् ।

एमाओवादी आफैंले प्रस्ताव गरेर गठन भएको सरकारका विरुद्ध अभिव्यक्ति दिन थाल्नु विडम्बनापूर्ण भएको भन्दै महतले एमाओवादी अझै पनि सत्ता कब्जाको भ्रामक धङधङीबाट मुक्त हुन नसकेको दाबी गरे ।

महतले नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिष्पर्धी पार्टी भएकाले संविधानसभाको निर्वाचनमा मोर्चा बनाएरै नजाने भन्दै निर्वाचनको अन्तिम घडीमा केही निर्वाचन क्षेत्रमा एकले अर्काेलाई सहयोग गर्न भने सकिने बताए ।

राष्ट्रपतिले ‘कु’ गर्न खोजेको भन्ने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गर्दै यो भट्टराईको सत्ता छोड्नु पर्दाको पीडा मात्रै भएको प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>