समाचारआइतबार, बैशाख ८, २०७०

मोर्चाको सरकारसँग १३ बुँदे माग

हिमालखबर

निर्वाचन प्रक्रियामा मोर्चालाई सहभागी गराउनका लागि ८ बैशाखमा काठमाडौंमा भएको सरकारसँग भएको वार्तामा मोर्चाले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट र।ाजीनामा, उच्चस्तरीय राजनीतिक समितिको खारेजी, निर्वाचन क्षेत्रको पुनः निर्धारण, अघिल्लो संविधान सभाको निर्वाचन अनुसार नै समानुपातिक तर्फको सिट निर्धारण लगायतका १३ बुँदे माग राखेको छ ।

फोरमका महासचिव रामसहाय यादवले वार्ता सकारात्मक रहेको र अर्को चरणको वार्तामा थप स्पष्ट हुने हिमालखबरलाई बताए ।

वार्तामा सरकारका तर्फबाट गृह एवम् परराष्ट्रमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेललगायतको टोली सहभागी थियो भने मोर्चाका तर्फबाट मजफो नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारी, ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष परशुराम खापुङ लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>