थप समाचारसोमबार, बैशाख ९, २०७०

अमेरिका र इजरायलबीच हतियार सम्झौताले इरानलाई स्पष्ट सन्देश

हिमालखबर

अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेल

अमेरिकी प्रतिरक्षामन्त्री ह्यागेलको टिप्पणी उनी इजरायल आइपुग्नु अगाडि सार्वजनिक भएको हो । उनी अहिले अरबक्षेत्रको ६ दिने भ्रमणमा आइपुगेका छन् । यसबीच हुने छलफलमा इरानको पारमाणविक कार्यक्रम तथा सिरियाको गृहयुद्धले प्रमुखता पाउने बताइएको छ ।

ह्यागेलले इजरायलसँग अरबौँ अमेरिकी डलर बराबरको हतियारको सम्झौताले इरानलाई स्पष्ट सन्देश दिइएको बताए ।

ह्यागेलले इजरायल, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई १० अर्ब अमेरिकी डलर बराबर आधुनिक क्षेप्यास्त्र तथा विमान बिक्री गर्ने योजनालाई अन्तिम रूप दिनेछन् । यी हतियार इरानले दिएको चुनौतीलाई रोक्न उपलब्ध गराइने बताइएको छ ।

यस योजना अनुसार इजरायलले एन्टिरेडिएसन क्षेप्यास्त्र, युद्धक विमानका लागि राडार, आकाशमा इन्धन भर्ने ट्याङ्कर तथा ओस्प्रे भी–२२ टिल्ट रोटोर विमान प्राप्त गर्नेछ ।

संयुक्त अरब इमिरेट्सले अमेरिकी एफ–१६ युद्धक विमान पाउने छ भने साउदी अरेबियाले जटिल क्षेप्यास्त्र प्रणाली प्राप्त गर्नेछ ।

अमेरिकी तथा इजरायली नेताहरू इरानप्रति कडा देखिएका छन् र राष्ट्रपति बाराक ओबामाको प्रशासनले कूटनीति तथा कडा प्रतिबन्धलाई थप समय दिनु आवश्यक रहेको धारणा राखेको छ ।

इजरायलले भने समय सकिँदै गएको र उसले इरानलाई पारमाणविक हतियार प्राप्त गर्न नदिन निवारक आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

अमेरिकी प्रतिरक्षामन्त्री ह्यागेलले पारमाणविक इरान चेतावनीको रूपमा रहेको कुरामा इजरायल तथा वासिङटनबीच मतभेद नभएको तर समयका विषयमा भने भिन्नता रहेको उल्लेख गरे ।

उनले इजरायल सार्वभौमसत्ता सम्पन्न मुलुक भएको र आफ्नो प्रतिरक्षा गर्ने उसको अधिकार भएको पनि बताए ।

आफ्नो भ्रमणको समयमा अमेरिकी प्रतिरक्षामन्त्री ह्यागेलले इजरायली समकक्षी मोसे यालन, प्रधानमन्त्री बेन्यामिन नेतान्याहु तथा राष्ट्रपति सिमोन परेजसँग भेट गरेपछि मङ्गलबार जोर्डन जानेछन् । ह्यागेल इजिप्ट, संयुक्त अरब इमिरेट्स तथा साउदी अरेबिया पुगेर हतियारका विषयमा अन्तिम सम्झौता गर्ने पनि पेण्टागनले जनाएको छ ।

गत महिना अमेरिकी विदेशमन्त्री जोन केरी तथा राष्ट्रपति बाराक ओबामाले मार्च महिनामा इजरायलको भ्रमण गरेका थिए ।
एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>