समाचारसोमबार, बैशाख ९, २०७०

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ६४ वर्ष पुग्यो

हिमालखबर

कम्युनिष्ट पार्टी स्थापनाको ६५ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कम्युनिष्ट पार्टीले यस दिनलाई स्थापना दिवसका रुपमा मनाउँदैछन् ।

तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

पुष्पलालले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरी तयार गरेका थिए ।

सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।

स्थापना दिवसका अवसरमा आज एमाओवादी, नेकपा एमाले, नेकपा–माओवादी, नेपाल कम्युनिष्ट पार्टीलगायतका पार्टी निकटका संस्थाबाट विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।

यस क्रममा एमाले निकट युवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईको सक्रियतामा माक्र्सवाद र कम्युनिष्ट विषयमा राष्ट्रियसभा गृहमा बृहत् छलफल कार्यक्रम हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>