समाचारसोमबार, बैशाख ९, २०७०

अब साझा बस एयरपोर्ट सम्मै

हिमालखबर

विमानस्थलमा चल्ने ट्याक्सीहरुले साझा बस सञ्चालनको विरोध गरेको भए पनि पछि ब्यवसायीहरुसँगको बार्तामा सहमति भएपछि साझाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आफ्नो सेवा दिन शुरु गरेको छ ।

ट्याक्सीवालाहरुको मागलाई ध्यानमा राख्दै आन्तरिक टर्मिनल तर्फ नगई अन्तर्राष्ट्रिय तर्फ रहेको फोहरा घुमेर साझा बस फर्कने छ । त्यहाँ यात्रु ओर्लान र चढाउन ५ मिनेट बस रोकिने साझाको प्रवन्धक महेन्द्र पाण्डेले जानकारी दिए ।

विमानस्थलभित्र जाँदा हवाई यात्रु र परिचयपत्र बाहक कर्मचारीहरुलाई मात्रै लान पाउने ब्यवस्था गरिएको छ ।

काठमाडौंको सिमित स्थानमा मात्रै सेवा दिइरहेको साझाको सेवा विस्तार गर्नु पर्ने उपभोक्ताहरुले माग गरेका छन् ।

निजी बस र माइक्रोबसले यात्रु खाँदेर हाल्ने, राम्रो ब्यवहार नगर्ने र ट्राफिक नियमको समेत उल्लंघन गर्ने गरेकाले पनि साझाप्रति आम उपभोक्ताको भरोषा र अपेक्षा बढेको छ भने निजी ब्यवसायीहरु आफ्नो सेवा गुणस्तरीय बनाउन पनि साझाले चुनौति थपिदिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>