समाचारसोमबार, बैशाख ९, २०७०

योजना आयोगका उपाध्यक्ष क्षेत्रीद्वारा राजीनामा

हिमालखबर

९ बैशाखमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटी उपाध्यक्ष क्षेत्री सहित सदस्यत्रय जनकराज साह, शिवकुमार राई र अब्दुर रहिम मिकरानीले संयुक्तरुपमा राजीनामा दिएका छन् ।

सरकारलाई काम गर्न बाधा पुगेको ठानी निर्वाध रुपमा काम गर्ने वातावरण बनोस भनेर आफूहरुले राजीनामा गरेको उपाध्यक्ष क्षेत्रीले बताएका छन् ।

प्रमुख दलहरुबीच बाबुराम भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सहमति भएपछि आयोगका पदाधिकारीहरुले राजीनामा दिएका हुन् । सरकारले यसअघि उपाध्यक्ष क्षेत्रीलाई राजीनामाको आग्रह गर्ने चर्चा प्रकाशमा आएको थियो ।

११ भदौ २०६८ मा भट्टराई सरकारले राष्ट्र बैंकका पूर्व गर्भनर क्षेत्रीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>