समाचारमंगलबार, बैशाख १०, २०७०

एक महिनामा ४१ वटा बलात्कारका घटना

हिमालखबर

सार्वजनिक जानकारीमा आएका मुद्दाका अभिलेखका आधारमा गत २०६९ को चैत महिनामा ४१ वटा बलात्कारका घटना दर्ता भएको पाइएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) मा उजुरी परेका र पत्रपत्रिकामा रिपोर्टिङ भएका ती घटनाको अनुसन्धान, अपराधीलाई सजाय र पीडितलाई न्याय दिने वातावरण तयार हुन नसकेको ओरेकले जनाएको छ ।

ओरेकका प्रमुख कार्यकारी अधिकृत नम्रता शर्माले महिला हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारले राष्ट्रिय कार्ययोजना, मापदण्ड ल्याउनुका साथै महिला हिंसाका घटनालाई २४ घण्टाभित्र सम्बोधन गर्नका लागि संयन्त्रको विकास गर्ने प्रतिबद्धता गरिसकेको अवस्थामा यस्ता घटना बढ्नु दुःखद् भएको बताइन् ।

बलात्कारका साथै महिलालाई जलाएर मारेका घटना दोहोरिएका छन् । बोक्सीको आरोप लगाई कुटपिट गर्नुका साथै मलमुत्र खुवाउनेजस्ता अमानवीय कार्य पनि भइरहेका छन् ।

ओरेकले केही दिनअघि धनुषा र मोरङमा बलात्कारपछि महिलाको हत्या गरेको र ३ बैशाखमा मात्रैे कामले बाहिर निस्किएकी नवलपरासीकी एक युवतीलाई बाटोबाटै रुपन्देही केरवानीका युवाले जबर्जस्ती नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको घटनामा तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>