समाचारमंगलबार, बैशाख १०, २०७०
लोकमानसिंह कार्कीविरुद्धको रिटको सनुवाई आज
पूर्व–मुख्यसचिव कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त नगर्न माग गर्दै दायर रिट यसअघि १० बैशाखका लागि सरेको थियो ।
न्यायाधीश गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इलाजसमा आजै रिटको सुनवाई हुने सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।
कार्कीलाई ४ चैतमा मुख्य चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्ने निणर्य गरेको थियो ।
अधिवक्ता ओमप्रकाश अर्यालले त्यसविरुद्ध चैत ७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । यसअघि दुईपटक रिटको सनुवाई सरिसकेको छ ।
रावलका अनुसार अहिले सम्म सनुवाई भने भइसकेका छैन । आजै सर्वोच्च अदालतमा १ सय ९५ मुद्दाको पेशी तोकिएको छ ।
