समाचारमंगलबार, बैशाख १०, २०७०
चाँडै ऐन ल्याउन निर्वाचन आयोगको आग्रह
१० बैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले एक हप्ताभित्रै संविधानसभा सदस्य सम्बन्धी ऐन ल्याउन सरकारसँग आग्रह गरिएको भन्दै चुनावी प्रक्रिया शुरु भइसकेको अवस्थामा ऐन आउन ढिलो हुँदा समस्या पर्ने बताएका छन् ।
उप्रेतीले विगतको संविधान सभामा भन्दा आगामी संविधान सभामा सिट संख्या घट्ने हुँदा सबैको समावेशी प्रतिनिधित्व चुनौचिपूर्ण हुने बताए ।
समावेशी प्रतिनिधित्वका लागि समानुपातिक तर्फको सिट संख्या बढाउनु पर्ने उप्रेतीको धारणा छ । थ्रेस होल्डको ब्यवस्थाले भने समावेशी प्रतिनिधित्वलाई असर नपार्ने उप्रेतीको भनाई थियो ।
