समाचारमंगलबार, बैशाख १०, २०७०

केही स्थानमा तालमेल हुनसक्छः कोइराला

हिमालखबर

प्रेस युनियन बाँकेले १० बैशाखमा नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीले आगामी निर्वाचनमा अन्यदलहरुसँग मोर्चाबन्दी गर्ने सम्भावना नरहे पनि स्थानीयस्तरमा भने तालमेल हुनसक्ने बताएका छन् ।

“केही शीर्ष नेताहरुको जीत सुनिश्चि गर्नका लागि लोकतान्त्रिक शक्तिसँग स्थानीय स्तरमा तालमेल गर्न सकिन्छ तर, पूरै अलाएन्सको सम्भावना छैन,” कोइरालाले भने ।

कोइरालाले कार्तिकको अन्तिम वा मंसीरको पहिलो हप्ताभित्रमा निर्वाचन हुने भन्दै आफ्ना स्वार्थलाई छोडेर मुुलुकलाई संकटबाट निकास दिनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुन निर्वाचनको विरोध गरिरहेका दलहरुलाई आग्रह गरे ।

उनले आन्दोलनरत नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र मधेशी जनाधिकार फोरम अध्यक्ष उपेन्द्र यादवलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा आउन गरेको जानकारी दिए । कोइरलाले भने, “मैले वैद्यजीलाई प्रक्रियामा आउन आग्रह गरिसकेको छु, उपेन्द्रजीसँग पनि काठमाडौं गएपछि कुरा गर्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>