थप समाचारमंगलबार, बैशाख १०, २०७०
आगोले जलेकी महिलाको निःशुल्क उपचार
सिरहाको कर्जान्हास्थित फूलकुमारी मेमोरियल हस्पिटलले बडहरामाला–७ की ३५ वर्षीया देवी यादवको सम्पूर्ण उपचार निःशुल्क गरी नयाँ जीवन दिएको छ ।
गाउँ घरमा ज्याला मजदुरी गरेर बिहान र बेलुकाको गर्जाे टार्ने यादवको एक महिनाअघि आगोमा परेर शरीर जलेको थियो । शरीर जल्दा पनि खर्चको अभावमा ओछ्र्यानमै लम्पसार परेकी यादवको घर नै दुर्गन्धित हुन थालेपछि गाउँलेले चन्दा संकलन गरेर जलेको १५ दिनपछि अस्पतालमा भर्ना गराएका थिए ।
अस्पतालमा उपचारका लागि भर्ना भएकी यादवको अवस्था देखेर अस्पतालका संस्थापक उपेन्द्र महतोकी श्रीमती डा समता महतोले यादवको सम्पूर्ण उपचार निःशुल्क गरिदिएकी हुन् ।
एक महिनाकी काखे नानीसहित अस्पतालमा उपचाररत यादव अस्पतालले उपचार नगरिदिएको भए आफू अहिलेसम्म मरिसक्ने बताइन् ।
