समाचारमंगलबार, बैशाख १०, २०७०

पत्रकार आक्रमण गर्नेलाई पाँच वर्ष कैद

हिमालखबर

गतवर्ष २२ जेठमा विराटनगरका पत्रकार ढकाललाई अपहरण गरी ज्यानमार्ने उद्योग गरेको अभियोगमा ९ बैशाख अपराह्न जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश चण्डीप्रसाद ढकालको इजलासले अभियुक्तहरु मनोजसिँह राईलाई पाँच वर्ष र सर्वोच्चबाट सादा तारेखमा छाडिएका रोहित कोइरालालाई छ महिना कैद सजाय गरेको अदालतका स्रेस्तादार भीष्म प्रसाईंले जानकारी दिए । अदालतले घटनाको योजनाकार भनिएका पर्शुराम बस्नेतलाई सफाई दिएको छ ।

पत्रकार ढकाललाई समाचार लेखेको विषयमा झुक्याएर अपहरण गरी साङ्घातिक आक्रमण गरिको थियो । घटनामा मुख्य योजनाकार पर्शुराम बस्नेत, संलग्न रोहित कोइराला र मनोजसिँह राईलाई विपक्षी बनाई पत्रकार महासङ्घ मोरङले प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>