थप समाचारमंगलबार, बैशाख १०, २०७०

भारतमा बलात्कारका एक लाख अभियुक्त रिहा

हिमालखबर

भारतको राजधानीमा केही समयदेखि महिलामाथि हुने गरेको यौन हिंसाविरुद्ध लगातार प्रदर्शन भइरहेका छन् ।

बलात्कार विरोधी नयाँ कानूनका सम्बन्धमा बलात्कारीलाई मृत्यु दण्डको सजय दिइनु पर्छ कि पर्दैन भन्नेमा पनि पूर्ण सहमति जुटिसकेको छैन् ।

तर, यी सबैका बीच महिलाविरुद्ध हुने अपराध र अभियुक्तहरुका विरुद्ध स्पष्ट प्रमाण नहुँदा अभियुक्तहरुले सजिलै उन्मुक्ति पाउने गरेको एउटा तथ्याङ्कले देखाएका छन् ।

अपराधको लेखाजोखा राख्ने संस्था नेशनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबी) का अनुसार सन् २००१ देखि २०१० सम्म भारतमा दर्ता भएका १ लाख ४० हजार बलात्कारका मामिलामा ३६ हजारको मात्रै अपराध सावित भयो । यीमध्ये कम्तीमा पनि १ लाख मुद्दाहरुमा प्रमाणको अभावमा आरोपीलाई निर्दोष भनियो ।

दर्ता भएका १ लाख ४० हजार मामिलामध्ये १४,५०० त नाबालकमाथि भएका बलात्कारका थिए । साथै ९ हजार मामिला प्रहरीले प्रारम्भिक जाँचपछि नै बन्द गरेको थियो ।

सबै खालका अपराधहरुको तथ्याङ्क जुटाउने संस्था एनसीआरबीका अनुसार सन् १९७१ मा यस्ता २,४८७ घटना दर्ता भएका थिए भने सन् २०११ सम्म आइपुग्दा यो संख्या ८७३ प्रतिशतले बढेर २४,२०६ पुग्यो ।
यसै कारणले हुनुपर्छ ‘ट्रस्ट ल’ नामक थमसन रोयटर्सको संस्थाले जी–२० देशहरुको समूहमा भारतलाई महिलाहरुका लागि सबैभन्दा असुरक्षित स्थान बताइएको छ । महिलासम्बन्धी अपराध भारतमा बलात्कारमा मात्रै सीमित छैन ।

सन् २०११ सम्म जारी महिलाविरुद्ध अपराधका घटनाहरुमा अपहरण १९.४ प्रतिशतले बढेको छ भने सन् २०१० को तुलनामा महिला तस्करीको घटनामा १२२ प्रतिशतले बढेको एनसीआरबीले बताएको छ ।

बीबीसी न्यूज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>