समाचारमंगलबार, बैशाख १०, २०७०
लोकमानको मुद्दामा बहस सकिएन
न्यायाधीश गिरिशचन्द्र लाल र तर्कराज भट्टको इजलासमा १० बैशाखमा शुरु भएको बहस समयाभावका कारण नसकिएकाले अब १५ बैशाखमा हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए ।
१० बैशाखमा रिट निवेदनकका तर्फबाट नेपाल बार एशोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराई, पूर्व अध्यक्ष शम्भु थापा, पूर्व महासचिव विजय मिश्र र रिट विनेदक ओमप्रकाश अर्यालले बहस गरेका छन् ।
उनीहरुले जनआन्दोलन २०६२/६३ मा दमनकारी भूमिका खेलेको भन्दै कार्कीलाई अख्तियार प्रमुख नबनाउन माग गरे ।
रिट निवेदक र विपक्षीको बहसपछि कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने टुङ्गो लाग्नेछ ।
