थप समाचारबिहीबार, बैशाख १२, २०७०
बोस्टनमा भारतीय मुलका विद्यार्थीको शव प्राप्त
उक्त शव गत मार्चदेखि बेपत्ता रहेका २२ वर्षीय त्रपाठीकै हो कि होइन भन्ने बारेमा जाँच भइरहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ब्राउन विश्वविद्यालयमा अध्ययनरत सुनिललाई गल्तीले बम हमलाको आरोपी भनिएको भन्दै अमेरिकी प्रहरीले माफी पनि मागेको छ ।
यसअघि अमेरिकी प्रहरीले बोस्टन बम हमलाका संदिग्धको रुपमा उनको पहिचान सार्वजनिक गरेको थियो । उक्त खबर फैलिएपछि सुनीलको परिवारले समेत निकै मानसिक तनाव झेल्नु परेको थियो ।
पुलिस लेफ्टिनेन्ट जोसप डोननेलीले ‘द बोस्टन ग्लोब’ नामक पत्रिकालाई दिएको जानकारी अनुसार सो शव सुनीलको हुनसक्ने सम्भावना अत्यधिक रहेको बताइएको छ ।
आफ्नो भाईलाई अप्रमाणित दाबी गर्दै बोस्टन विष्फोटको आरोप लगाइँदा संचारमाध्यमहरुले आफ्नो घर घेरेर हैरान पारेको र परिवारले मानसिक तनाव ब्यहोर्नु परेको सुनीलकी बहिनीले बताएकी छन् ।
एजेन्सी
