समाचारबिहीबार, बैशाख १२, २०७०
प्रहरी संवेदनशिल हुन सकेनः अधिकारकर्मी
प्रहरी प्रधान कार्यालयले १२ बैशाखमा चितवनमा आयोजना गरेको स्थानीय सुरक्षा निकायको भूमिका विषयक अन्तरक्रियामा बोल्ने सर्वपक्षीय सरोकारवालाहरुले नेपाल प्रहरीमा पद्धतिको विकास नभएकाले मानव संवेदनाका विषयमा प्रहरी अनभिज्ञ रहेको बताए ।
कानुनी दायरामा ल्याउनुपर्ने मुद्दाहरुमा राजनीतिक हस्तक्षेप, नातावाद र कृपावाद हाबी भएको उनीहरुको भनाइ छ । साथै मुलुकमा घुसखोरी, दण्डहीनता र भ्रष्टाचार मौलाउनमा सुरक्षा निकायले प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गरेको समेत उनीहरुले आरोप लगाए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, महिला अधिकारकर्मी, व्यवसायी, पत्रकार तथा समाजसेवीले नेपालको सुरक्षा अवस्था र नेपाल प्रहरीका कमीकमजोरी औँल्याउँदै प्रहरीलाई संयमित हुँदै आफ्नो कर्तव्य पूरा गर्न सुझाव दिएका थिए ।
देशका विभिन्न जिल्लामा निरीक्षण गर्न निस्किएको प्रहरी टोलीमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुरेशकुमार केसी र प्रहरी नायब उपरीक्षक विनोेद सिलवाल सहभागी थिए ।
रासस
