थप समाचारबिहीबार, बैशाख १२, २०७०

मृतकका नाममा लाइसेन्स दिने कर्मचारी निलम्बित

हिमालखबर

लाइसेन्समा हस्ताक्षर गर्ने नारायणी यातायात कार्यालय वीरगञ्जका शाखा अधिकृत इश्वरीप्रसाद ढकाललाई दुई महिनाको लागि निलम्बन गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता देवीराम भण्डारीले जानकारी दिए ।

विभागको ११ बैशाखमा बसेको बैठकले घटनाको अनुसन्धानमा बाधा नपुर्‍याउन ढकाललाई निलम्बन गरिएको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै विभागले नारायणी यातायात कार्यालय वीरगञ्जबाट मृतकको नाममा जारी भएको लाइसेन्सको फारम रुजु देखि वितरणसम्मको पक्रियामा संलग्न कर्मचारीहरुलाइ २४ घण्टा भित्र निलम्बन गरी विभागलाई जानकारी गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन पनि दिएको छ ।

यसअघि सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले अञ्चल यातायात कार्यालय वीरगन्जबाट सवारी चालक अनुमतिपत्रका लागि दिइएको आबेदन र फारम दर्ता रेकर्ड लगायतका कागजपत्र नियन्त्रणमा लिएको थियो ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>