थप समाचारबिहीबार, बैशाख १२, २०७०
इन्टरनेसनल गर्ल्स इन आइसिटी डे मनाइयो
सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण र इक्वेल एक्सेस नेपालको आयोजनामा १२ बैशाखमा राजधानीमा एक कार्यक्रम गरेर आइसिटी डे मनाइएको हो । अप्रिल महिनाको चौथो बिहिबार मनाइने यो दिवस सन् २०१० बाट शुरु भएको हो ।
महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले मनाइने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा लैंगीक सहभागिता, यसक्षेत्रमा महिलाका लागि अवसर, पहुँच र चुनौतीलगायतका विषयमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले विकासका लागि सूचना प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउनु पर्ने बताए ।
दुर्गा लामिछाने, काठमाण्डौ

