थप समाचारशुक्रबार, बैशाख १३, २०७०
विदेशमा उपचार गराउँदा सास्ती
यस्तै अप्ठ्यारो भोग्नु परेको छ पर्सा गोबिन्दपुरकी ४५ वर्षीया पार्वतीदेवीले । सीमावर्ती बजार भारतको रक्सौलस्थित एक क्लिनिकमा उपचारका लागि गएकी गोविन्दपुर रानीगञ्ज ८ की पार्वतीदेवीको पाठेघरको अपरेशन गरेका डाक्टरले लापरवाही बस अपरेशन गर्दा प्रयोग हुने कपडा (टेट्रा) शरिरभित्रै छोडेर टाँका लगाइदिए ।
रक्सौलका डा.अहमद कमालले लापरवाहीपूर्ण अपरेशन गरेपछि पार्वतीदेवीले डेढ महिनासम्म असह्य पीडा सहनु पर्यो । त्यसपछि बारम्बार कमालका फलोअपमा गएकी उनलाई थप औषधी र सुई दिई डाक्टरले तर उनको ब्यथा झन बढदै गयो ।
त्यसपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमै उपचारका लागि गएकी पार्वतीको त्यहाँ पुनः अपरेशन गरेर टेट्रा कपडा पेटभित्रबाट निकालिएको अस्पतालका सर्जिकल डिपार्टमेन्टका जयमोद ठाकुरले जानकारी दिए । कपडाले गर्दा घाउ पाकेर उनको पाठेघरको केही भागसमेत सडेको अस्पताल स्रोतले जनाएको छ । अहिले पार्वतीको उपचार भइरहेको छ उनको स्वास्थ्य सुधारोन्मुख छ ।
बिम्मी शर्मा, वीरगञ्ज

