थप समाचारशुक्रबार, बैशाख १३, २०७०

हार्वेस्टरले किसानलाई फाइदै फाइदा

हिमालखबर

धान गहुँ काट्ने बेला वर्षेनी मजदुरको अभावले दिक्क परेका पर्सा जगरनाथपुर सिराका किसान राजेशप्रसाद चौहानले खेतै बेचेर बाली काट्ने कम्वाईन हार्वेस्टर मेसिन खरिद गरे । हार्वेस्टर मेशिनको प्रयोगबाट पैसा र समय दुबैको बचत भएको उनी बताउँछन् ।

यसअघि धान, गहुँ, मकै र तोरी काट्नको लागि वरपरका गाउँमा मजदुर खोज्दै हिड्ने स्थानीय किसानहरु अहिले चौहानकै हार्वेस्टरमा भर परेका छन् । हार्वेस्टरले दैनिक २० विगाहमा लगाइएको गहुँ, धान काट्न सक्छ ।

३५ विगाह खेतका मालिक चौहानले २ विगाह खेत वेचेर ३० लाख रुपैयाँमा वीरगञ्जवाट कम्वाईन हार्वेस्टर खरिद गरेका हुन् । अहिले चौहानले हार्वेस्टर भाडामा दिएर मात्रै सिजनका बेला दैनिक करिब ५० हजार रुपैयाँ आम्दानी हुने बताउँछन् ।

जगरनाथपुरकै अर्का किसान प्रदीप साह रौनियारलाई यो हार्वेस्टरले ढुक्क भएको छ । रौनियार भन्छन्, “एक त मजदुरको अभाव, त्यसमाथि एक विगाह गहँु काटनका लागि ४० जना मजदुर लगाउनु पर्ने ।” उनी थप्छन, “हातले काट्दा अन्नको नोक्सान उस्तै मजदुरलाई दैनिक ५ किलो अनाज दिनुपर्ने खर्च बेग्लै, हार्भेस्टरले पैसा र समय दुबैको बचत गराएको छ ।”

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>