समाचारशुक्रबार, बैशाख १३, २०७०

राष्ट्रपतिले सिण्डिकेटलाई संस्थागत् गरे: कमल थापा

हिमालखबर

१३ बैशाखमा जनकपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजन गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाधा अड्काउ फुकाउ आदेशदेखि नै चारदलीय सहमतिलाई अनुमोदन गरी राष्ट्रपतिले सिण्डिकेटलाई बढावा दिएको आरोप लगाएका छन् ।

“चारदलीय सिण्डिकेटलाई संस्थागत् गरेका राष्ट्रपति समेत उत्तिकै दोषी छन्, शीतलनिवास चारदलको कार्यालयको रुपमा दुरुपयोग भईरहेको छ, ” उनले दाबी गरे ।

थापाले भने, “निर्वाचन आयोगमा हाल १ सय १९ वटा दल दर्ता रहेपनि आयोग, सरकार र राष्ट्रपति समेतले छलफलका लागि चारभन्दा बढी दललाई बोलाउने गरेका छैनन, यस्तो अवस्थामा आगामी निर्वाचन स्वतन्त्र रुप सम्पन्न हुनेमा शंका छ ।”

संघीयता र गणतन्त्रका मुद्दावाहकहरु असफल भईसकेको दाबी गर्दै थापाले जनताले विकल्पको रुपमा राप्रपा नेपालाई छनोट गर्ने पनि दाबी गरे ।

अध्यक्ष थापाले सरकारको कामकारबाहीबाट पनि आफू सन्तुष्ट नरहेको बताउ“दै निर्वाचनको म्यान्डेट पाएको सरकारले सम्पूर्ण दलप्रति समान ब्यवहार गर्नुपर्नेमा जोड दिए । मन्त्री परिषद्को गठनदेखि निर्वाचन आयोगका पदाधिकारी नियुक्तिमा चारदलको सिण्डिकेट चलेको छ भन्दै थापाले अगाडि भने, “निष्पक्ष हुने विश्वास गरेको सरकार पनि शिखण्डी र कठपुतली भईदियो ।”

चुनाबको तयारीको क्रममा संगठन बिस्तारका लागि राष्ट्रिय प्रजातान्त्रिक युवा संघको मध्यमाञ्चल क्षेत्रीय भेलालाई सम्बोधन गर्न जनकपुर आएका अध्यक्ष थापाले सभासदको संख्या थोरै गराउनु पर्ने भन्दै ६० प्रतिशत समानुपातिक तर्फबाट ल्याउनुपर्ने धारणा राखेका थिए ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>