समाचारशनिबार, बैशाख १४, २०७०
मोटरसाइकल दुर्घटनामा प्राध्यापकको निधन
पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती हाटबजार नजिकै रोकिएको ट्रकमा अंग्रेजी विषयका प्राध्यापक सवार ना १७ प ८०५६ नम्बरको मोटरसाइकल ट्रकमा पछाडिबाट ठोक्किंदा प्राध्यापक न्यौपानेको निधन भएको नवलपरासीका ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए ।
प्रतिनगर घर भएका करिब ३० वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालये जनाएको छ । घटना १३ बैशाख साँझ भएको थियो ।
