थप समाचारशनिबार, बैशाख १४, २०७०
बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल
पातलका नकुल घिमिरेले बाख्रा प्रजननका लागि भारतको हल्दानीबाट ३० हजारभन्दा बढी मूल्य तिरेर दुई वर्षअघि खरिद गरेर ल्याएको जमुनापारि जातको बोका चोरी गर्ने कृष्णपुर–२ पहरियाका अर्जुन भाटबाट उक्त रकम आज असुल गरेका हुन् ।
बाख्रासँगै चराउनका लागि लगिएको ८० किलोभन्दा बढी तौलको बोका गत चैत १२ गते गैरीपातल भन्ने स्थानबाट चोरी भएको थियो । भाटले चोरी गरेको बोकालाई आफना ससुरालीमा लगेर राखेको अवस्थामा घिमिरेले फेला पारेका थिए ।
बोका फेला परेपछि घिमिरेले चोरी गर्ने भाटमाथि कारबाही र बोका खोज्न लागेको पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएका थिए ।
चोरी गर्ने कार्यमा संलग्न भाटलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेपछि इप्रकामै चोरी गर्ने र पीडितपक्षबीचको सहमतिमा बोका खोज्न लागेको पैसास्वरुप क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमतिपछि पैसा उपलब्ध गराइएको प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताए ।
बोका भने चोरी गर्ने व्यक्तिलाई नै दिइएको छ ।
रासस
