समाचारशनिबार, बैशाख १४, २०७०
लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुनेः खनाल
काठमाडौंको रामकोटमा १४ बैशाखमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माणका लागि लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक रहेको भन्दै त्यसतर्फ गृहकार्य भइरहेको बताएका छन् ।
अध्यक्ष खनालले विगतमा एमाओवादीको जडसुत्रवादी धार तथा उनीहरुका विभिन्न गतिविधिले संविधान निर्माणमा अवरोध पु¥याएको भन्दै मुलुकमा सदीयौदेखि मिलेर बसेका विभिन्न जातजातिको सद्भाव र एकतालाई कायम राखेर मात्र समग्र देशलाई आर्थिक रुपान्तरण गर्न सकिने धारण ब्यक्त गरे ।
उनले पार्टीअन्तर्गत विभिन्न तह तप्कामा रही जिम्मेवारी लिएका विभिन्न नेता तथा कार्यकर्तालाई एकढिक्का भई आगामी निर्वाचनमा सहभागी हुन निर्देशन दिँदै त्यसको सहजताका लागि पार्टीले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टी सचिव युवराज ज्ञवाली तथा नेताहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फूयाल, बामपन्थी नेता राधाकृष्ण मैनालीलगायतको सहभागिता थियो ।
