समाचारशनिबार, बैशाख १४, २०७०
‘दलबीचको गृहकार्य अमूर्त भएकै कारण चुनाव सर्यो’
खलङ्गामा १४ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले राजनीतिक दलबीचको अमूर्त छलफल, प्रशासनिक अपूर्णता, प्राविधिक कठिनाइ र तत्कालको सुरक्षा चुनौतीको कारण असारमै गर्ने भनिएको चुनाव टरेको बताएका छन् ।
विश्वमा एक जुगमा एक पटक संविधानसभाको चुनाव हुने भए पनि नेपाल भने त्यसको अपवाद भएको विष्टले बताए ।
“विश्वमै कुनै त्यस्तो देश छैन जहाँ संविधानसभाको चुनाव पटकपटक भएको होस्, यसले पनि नेपाल यसको अपवादको रुपमा प्रकट भएको छ”, नेता विष्ट मगरले भने ।
जनताको संविधान, शान्ति, स्थायित्व, संघीयता र गणतन्त्रको संस्थागत विकास नचाहने दलहरुका कारण दोस्रो पटक संविधानसभाको चुनाव गर्नुपर्ने बाध्यात्मक अवस्था आएको उनले दाबी गरेका थिए ।
रासस
