रमझमसोमबार, बैशाख १६, २०७०
हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’ सार्वजनिक

चिना हराएको मान्छेको ललितपुरको मोक्ष क्याफेमा १५ वैशाखमा बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)ले सार्वजनिक गरे। तस्बीरहरु: डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

फाइनप्रिन्टले प्रकाशन गरेको आत्मकथाको यो किताब बिक्रीबाट आएको ९० प्रतिशत रकम आचार्यले हालै स्थापना गरेको मीरा केयर सेन्टरलाई जानेछ । प्रकाशक फाइनप्रिण्टका निरज भारीले कार्यक्रममै आचार्य पत्नी रमिला आचार्य पाठकलाई रोयल्टी वापतको रु ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
यसअघि मदनकृष्ण श्रेष्ठसँग मिलेर थुप्रै प्रहसन, टेलिसिरियल, फिल्म र टेलिकार्यक्रम लेखिसकेका आचार्यको यो पहिलो पुस्तक हो । पुस्तक शिर्षकसँग मिल्ने हरिवंशको व्यंग्यचित्र अनावरण गरेर वात्स्यायनले पुस्तक सार्वजनिक गरेका थिए ।
हरिवंशकी स्वर्गीय पत्नी मीराको दोस्रो पुण्य तिथि पारेर पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै वात्स्यायनले पुस्तक सरल, सामान्य र निकै ओझपूर्ण रहेको र स्थापित लेखकले लेखे भन्दा कम नभएको बताए । उनले भने ‘कलाकारहरुले सामान्यत लेख्न जान्दैनन तर फिल्म र सिरियलका स्क्रिप्ट लेख्ने भएर होला हरिवंशले राम्रा लेख्दा रहेछन ।’
पुस्तकमाथि टिप्पणी गर्दै लेखक अमर न्यौपानेले चिना हराएको मान्छे दुखद घटनाले जन्माएको सुखद आविस्कार भएको बताए । डा. रवीन्द्र समिरले पुस्तक शोकमा बगेको आँशुको भेललाई थुनेर निकालेको बिद्युत्त भएको टिप्पणी गर्दै अत्यन्तै सरल भाषामा लेखिएको पुस्तक एकपटक पढेपछि नसकुञ्जेल छोड्न नसकिने बताए ।
निकै भावुक रुपमा प्रस्तुत भएका लेखक हरिवंशले मन्तब्यका क्रममा जीवनको उतार चढावका बारेमा बताउँदै पुस्तकमा प्रकाशीत गर्न नपाएको भगवानप्रति आक्रोश ब्यक्त गरिएको कविता सुनाए । स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बीरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा उनले ‘मैले सधैं मीराको जन्मदिन मनाउँथे, आज श्राद्ध गरेर यहाँ आएको छु’ भन्दै मीरालाई सदैव जीवत राख्न प्रतिवद्ध रहने बताए ।
फाइनप्रिन्टले प्रकाशन गरेको आत्मकथाको यो किताब बिक्रीबाट आएको ९० प्रतिशत रकम आचार्यले हालै स्थापना गरेको मीरा केयर सेन्टरलाई जानेछ । प्रकाशक फाइनप्रिण्टका निरज भारीले कार्यक्रममै आचार्य पत्नी रमिला आचार्य पाठकलाई रोयल्टी वापतको रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए । करिब ३३० पृष्ठको चिना हराएको मान्छे सामान्य संस्करणको मूल्य ३९८ रुपैयाँ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
