समाचारसोमबार, बैशाख १६, २०७०
ट्याक्सी दुर्घटनामा दुईको मृत्यु, सात घाइते
बिरामी लिएर हाङगुमबाट दमकतर्फ जाँदै गरेको मे १ ज ५९५ नम्बरको ट्याक्सी पल्टँदा वलने हाङगुम ४ का केवल कुरुम्वाङ र पुर्ण कुरुम्वाङको घट्नास्थमै मृत्यु भएको छ ।
दुर्घटनामा चालक प्रनाथ आले सहित ७ जना घाइते भएका छन ।
घाइते मध्ये ५२ बर्षीय कालिमाया तामाङ र ५८ बर्षीय रेशकुमारी तामाङको अवस्था गम्भीर छ । दुर्घटना १५ बैशाख राति नौ बजे भएको थियो ।
दुर्घट्नामा परेका सबै एउटै परिवारका सदस्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइतेहरुलाई उपचारारार्थ दमकतर्फ पठाउनुका साथै मृतकलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल लगिएको पाँचथरका प्रहरी प्रमुख दीपसमसेर राणाले बताएका छन् ।
लक्ष्मी गौतम, फिदिम
