समाचारसोमबार, बैशाख १६, २०७०

आगलागीबाट ११ पसल नष्ट, दुई करोडको क्षति

हिमालखबर

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, १५ बैशाख राति १२ बजे लागेको आगोले पाँच मोबाइल, तयारी लुगा, भाँडा, घडी पसल र एक रेस्टुरेन्टमा रहेका सामान जलेर नष्ट भएको छ ।

सुनिल गुप्ताको मोवाइल पसलबाट सुरु भएको आगलागीले नईन राईनी, लालु चौधरी, विष्णु पौडेल, सान राईनी, पप्पु हल्वाई, लल्लु राइनीलगायतका पसल जलेका छन् ।

आगलागी भएको एक घण्टापछि मात्र करिब एक किलोमिटरको दूरीमा रहेको बारुणयन्त्र घटनास्थलमा पुगेकाले समयमा आगो निभाउन नसक्दा धेरै क्षति बेहोर्नुपरेको पीडितहरूको गुनासो छ ।

सो आगलागीबाट रु दुई करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>